चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब कट्टा नगरिएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब कट्टा नगरिएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति


२८ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब नकाटिएको प्रस्ट पारेको छ ।

कोरोना भाइरस(कोभिड–१९) बारे जानकारी दिन शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले मन्त्रिपरिषद्ले विभिन्‍न तहका कर्मचारीको तलब कट्टा गर्ने निर्णय गरे पनि मन्त्रालयले निर्देशन जारी नगरेको जानकारी दिएका हुन् ।

‘चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न तहका कर्मचारीहरुको ३ देखि ७ दिनसम्मको तलब कट्टा गरेर कोषमा राख्ने निर्णय गरेको थियो’, प्रवक्ता देवकोटाले भने, ‘स्वास्थ्य मन्त्रालयबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका तलब कट्टी गर्ने निर्देशन जारी गरिएको छैन । र, हालसम्म कट्टी गरिएको पनि छैन । त्यसैले सबैले उच्च मनोबलका साथ काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपिल गर्दछ ।’

कोभिड-१९ महामारीविरुद्ध फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको तलब कट्टा गरेर कोषमा राख्‍ने सरकारको निर्णयपछि सामाजिक सञ्‍जालदेखि सर्वत्र आलोचना भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस