प्रधानमन्त्री ओली र मोदीबीच संवाद « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ओली र मोदीबीच संवाद


२८ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ ।

प्रधानमन्त्री ओलीले आज टेलिफोन संवाद गरी भारतीय समकक्षी मोदीलाई उक्त आग्रह गरेका हुन् ।

ओलीले सामाजिक सञ्जालमार्फत मोदीसँगको टेलिफोन वार्ताको विषयमा जानकारी दिएका हुन् ।

आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज एवं सुचारु राख्न पनि पनि छलफल भएको छ । प्रधानमन्त्री ओलीले भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगका लागि मोदीलाई धन्यवाद दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस