ब्रिटिश प्रधानमन्त्री सघन उपचार कक्षबाट सारिए, केही दिन अस्पतालमै रहने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ब्रिटिश प्रधानमन्त्री सघन उपचार कक्षबाट सारिए, केही दिन अस्पतालमै रहने


२८ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण देखिएका ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षबाट बाहिर निकालिएको तर उनी अस्पतालमै रहने डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

गत आइतवारदेखि लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा उपचार गराइरहेका उनलाई बिहीवार साँझ सघन उपचार कक्षबाट वार्डमा सारिएको र त्यहाँ उनलाई डाक्टरहरूले निकटमा रहेर निगरानी गर्ने बीबीसीले जनाएको छ।

कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिनपछि गत आइतवार प्रधानमन्त्री जोनसनलाई अस्पताल पुर्‍याइएको थियो र त्यसको भोलिपल्ट उनलाई सघन उपचार कक्षमा सारिएको थियो।

उपचारका क्रममा जोनसनलाई अक्जिसन दिइएको भए पनि भेन्टिलेटरमा भने नराखिएको डाउनिङ्ग स्ट्रीटले यसअघि जनाएको थियो।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोनसनलाई सघन उपचार कक्षबाट वार्डमा सारिनु ‘शुभ समाचार’ भएको बताए।

स्वस्थ्य मन्त्री म्याट ह्यानककले भने-‘प्रधानमन्त्री सघन उपचार कक्षबाट बाहिर निस्किएर निको हुने बाटोमा लाग्नु एकदमै राम्रो भयो। एनएचएस हामी सबैका लागि हो र मलाई थाहा छ हाम्रा एनएचएसका कर्मचारीले जोनसनलाई विश्वस्तरीय सेवा दिएका छन्।’

यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोनसनलाई सघन उपचार कक्षबाट वार्डमा सारिनु “शुभ समाचार” भएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस