‘सहरबाट गाउँमा पठाउँदा संक्रमण फैलिई हाले उद्धारमा सङ्कट पर्न सक्छ’ -पूर्व राजा ज्ञानेन्द्र । « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘सहरबाट गाउँमा पठाउँदा संक्रमण फैलिई हाले उद्धारमा सङ्कट पर्न सक्छ’ -पूर्व राजा ज्ञानेन्द्र ।


२७ चैत्र २०७६, बिहिबार


काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले आम नागरिकलाई देशभित्र जो जहाँ छन् सोही स्थानमा व्यवस्थापन गर्नु बुद्धिमानी हुने बताएका छन् ।

सरकारले लकडाउनका कारण काठमाडौँ उपत्यकामा अलपत्र परेकाहरूलाई बाहिर जान दिने निर्णय गरेको केही समयमा फेसबुकमा ट्याटस लेख्दै पूर्व राजा शाहले असन्तुष्टि व्यक्त गरेका हुन् । उनले ‘महामारीको रूपमा रहेको कोरोना सङ्कटका घडीमा आम नागरिक देशभित्र जहाँ भए पनि सरकारले सोही स्थानमा नै सही व्यवस्थापन गर्नु बुद्धिमानी हुन्छ’ भन्दै सहरमा रहेकालाई गाउँ पठाउँदा संक्रमणको सम्भावना रहने समेत बताएका छन् ।

पूर्व राजा शाहले लेखेका छन् ‘सहरमा रहेकालाई दूर दराज गाउँमा पठाउँदा संक्रमणको सम्भावना र त्रास बढ्नुका साथै केही भवितव्य परे उद्दारमा सङ्कट पर्न सक्ने तथ्यलाई नकार्न सकिन्न ।’

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ देखि लागू गरेको लक डाउन वैशाख ३ गते सम्मका लागि बढाएसँगै उपत्यकामा दैनिक ज्याला मजदुरी गरी खाने ठुलो सङ्ख्यालाई जीवनयापनमा नै कठिनाइ उत्पन्न भएपछि सरकारले यसबारे छलफल थालेको थियो ।

प्रतिक्रिया दिनुहोस