बजारमा विषाक्त ह्यान्ड स्यानिटाइजर, हेरेर मात्र खरिद र प्रयोग गर्न सर्वसाधारणलाई सचेत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बजारमा विषाक्त ह्यान्ड स्यानिटाइजर, हेरेर मात्र खरिद र प्रयोग गर्न सर्वसाधारणलाई सचेत


२७ चैत्र २०७६, बिहिबार


काठमाडौँ । औषधि व्यवस्था विभागले बजारमा बिक्री–वितरण भइरहेका कतिपय ह्यान्ड स्यानिटाइजर तोकिएको मापदण्ड अनुसारको नभएको भन्दै निश्चित मापदण्ड अनुसारको छ कि छैन भन्ने विवरण हेरेर मात्र खरिद र प्रयोग गर्न सर्वसाधारणलाई सचेत गराइएको छ।

विभागले बुधवार साँझ सूचना जारी गर्दै आवश्यक परिमाणमा अल्कोहल मिसाएर बनाउनुपर्ने ह्यान्ड स्यानिटाइजर मापदण्ड विपरीत रहेको पाएको जनाएको छ। बजारमा मिथानोल जस्तो विषाक्त रसायन मिसाइएका र अल्कोहलको परिमाण तोकिए अनुसार नभएका न्यून गुणस्तरका ह्यान्ड स्यानिटाइजर बिक्री(वितरण भइरहेको भन्दै विभागले त्यसो नगर्न निर्देशन दिएको छ।

विभागका अनुसार, स्यानिटाइजरमा ७० देखि ८० प्रतिशतसम्म अल्कोहल तथा इथेल र आइसोप्रोपल अल्कोहल मात्र हुनुपर्ने मापदण्ड छ।

“उल्लिखित विवरण लेबलमा यकिन गरेर मात्र खरिद र प्रयोग गर्न सबै उपभोक्तालाई सूचित गरिन्छ”, विभागद्वारा जारी सूचनामा सजग गराइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस