अमेरिकामा थप १ नेपालीको कोरोना संक्रमणबाट मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमेरिकामा थप १ नेपालीको कोरोना संक्रमणबाट मृत्यु


२७ चैत्र २०७६, बिहिबार


अमेरिका । अमेरिकामा थप एक नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण सोलुखुम्बुको सोताङ गाउँपालिका ४ दिम्बल घर भइ १३ वर्षदेखि अमेरिका बस्दै आएका ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो ।

उनको बुधबार विहान उपचारका क्रममा क्विन्सको एल्मर्स्ट अस्पतालमा मृत्यु भएको उनका दाजु ल्हाक्पा युला शेर्पाले पुष्टि गरेको संयुक्त शेर्पा संघ अमेरिकाले जनाएको छ ।

उनको मृत्युसँगै कोरोनाका कारण अमेरिकामा मृत्यु हुने नेपालीको संख्या २ पुगेको छ ।

यसअघि ५० वर्षीय अनिल सुब्बाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

किदुगका आजीवन सदस्य रहेका शेर्पाका एक छोरा र एक छोरी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस