बहराइनमा कोरोनाबाट २२ नेपाली संक्रमित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बहराइनमा कोरोनाबाट २२ नेपाली संक्रमित


२७ चैत्र २०७६, बिहिबार


काठमाडौं । बुधबार थप १० नेपालीमा कोरोना संक्रमण पुष्टि भएसँगै बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको छ ।

बुधबार थप १० नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासका अनुसार बुधबार दिउँसो दुई बजेसम्म बहराइनमा ५२ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण भए–नभएको परीक्षण गरिएको थियो ।

बहराइनमा कूल संक्रमितको संख्या ३ सय ४९ छ भने ५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये तीन जनाको अवस्था गम्भीर रहेकार छ । ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यसैबीच बहराइनले अवैधानिक रुपमा विना कागजात कार्यरत कामदारहरुका लागि वैधानिक हुन वा बहराइन छाड्न ३१ डिसेम्बर २०२० सम्मको समय दिएको दूतावासले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस