चार गाउँपालिकाका एकान्तबास रित्तिँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चार गाउँपालिकाका एकान्तबास रित्तिँदै


प्रशासन संवाददाता

२७ चैत्र २०७६, बिहिबार


प्युठान । यहाँका नौ स्थानीय तहमा रहेका बहुउद्देश्यीय भवन, खेलकूद मैदान र विद्यालयमा गरी ३० स्थानमा एकान्तवास बनाइएको छ । तीन सय ५६ जनाको क्षमताका एकान्तवास भए पनि हाल ८६ जना मात्रै बसेका छन् ।

स्वर्गद्वारी नगरपालिकाले ४७ व्यक्तिलाई एकान्तवासमा राखेको छ । सात सय ३४ जना भारत तथा तेस्रो मुलुकबाट भित्रिएको र तिनलाई विद्यालयमा बनाइएको एकान्तबासमा राखिएको नगर प्रमुख नेत्रबहादुर रोकायले जानकारी दिए ।

एकान्तबासमा बसेकालाई पालिकाले प्रतिव्यक्ति रु २५० प्रतिदिनको सुविधा प्रदान गरेको छ । ऐरावती गाउँपालिकामा ३२, नौबहिनीमा तीन र माण्डवी गाउँपालिकाले छ जनालाई विद्यालयमा बनाएको एकान्तवासमा राखेको स्थानीय तहले जानकारी दिएका छन् । प्यूठान नगरपालिका तथा गौमुखी, झिमरुक, मल्लरानी र सरुमारानी गाउँपालिकामा रहेका एकान्तवास रित्तै छन् ।

प्यूठान नगरपालिकामा ४७२ जना भित्रिएकामा ४४९ जना भारत र २३ जना तेस्रो मुलुकबाट भित्रिएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस