कालीकोटका स्थानीय तहद्वारा विपन्नलाई खाद्यान्न « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कालीकोटका स्थानीय तहद्वारा विपन्नलाई खाद्यान्न


प्रशासन संवाददाता

२७ चैत्र २०७६, बिहिबार


मान्म । कालीकोटका स्थानीय तहहरुले लकडाउनका मारमा परेका विपन्न तथा गरीब परिवारलाई खाद्यान्न उपलब्ध गराएका छन् । ती परिवारमा लकडाउनका कारणले चुल्हो नै नबल्ने अवस्था आएका कारणले खाद्यान्न उपलब्ध गराइएको जनाइएको छ ।

रास्कोट नगरपालिकाले नगरभित्र रहेका गरीब परिवारलाई प्रतिपरिवार ३० केजी चामल, दुई केजी दाल, एक लिटर तेल र एक किलो नुन उपलब्ध गराएको छ ।

नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले लकडाउनका कारणले कसैले भोकै बस्न नपर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

त्यस्तै सान्नी त्रिवेणी र नरहरिनाथ गाउँपालिका तथा तिला र खाँडाचक्र नगरपालिकाले पनि अतिविपन्न घरपरिवारलाई खाद्यान्नको व्यवस्था मिलाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस