कोरोना कोषमा रकम जम्मा गर्न प्रहरी अधिकृतलाई हेडक्वाटरको निर्देशन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोना कोषमा रकम जम्मा गर्न प्रहरी अधिकृतलाई हेडक्वाटरको निर्देशन


२६ चैत्र २०७६, बुधबार


नेपाल प्रहरी

काठमाडौँ । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी अधिकृतलाई कोरोना उपचार कोषमा रकम जम्मा गर्न निर्देशन दिएको छ। बुधबार प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभागले सिनियर र जुनियर प्रहरी अधिकृतलाई सातदेखि तीन दिनसम्मको तलब जम्मा गर्न निर्देशन दिएको हो।

बुधबार कोरोना भाइरस संत्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्ने सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले पत्र काटेका हुन्।

देशभर लकडाउनको अवस्थामा रातदिन खटिरहेका सुरक्षाकर्मीलाई सरकारले अतिरिक्त भत्ताको घोषणा गरे लगत्तै प्रहरी प्रधान कार्यालयले भने उनीहरुकै तलब काट्ने निर्णयसहितको पत्र पठाएपछि सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ।

पत्रमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मले कोषमा रहक गर्नुपर्ने उल्लेख गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस