स्थानीय तहले हाजिर नगराएका ८६ कर्मचारीहरुलाई कामकाज गर्न खटाइयो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्थानीय तहले हाजिर नगराएका ८६ कर्मचारीहरुलाई कामकाज गर्न खटाइयो


२६ चैत्र २०७६, बुधबार


काठमाडौँ । लामो समयदेखि जिम्मेवारी विहिन बनेका स्थानीय तहका चौथो, पाँचौँ र छैटौँ तहका ८६ जना कर्मचारीलाई कामकाजका लागि खटाइएको छ ।

सम्बन्धित स्थानीय तहको माग बमोजिम लोक सेवा आयोगबाट सिफारिस भइ गएका स्थानीय तहका कर्मचारीलाई नियुक्ति दिएको तर हाजिर नगराएका कर्मचारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुले पेश गरेको निवेदन, नियुक्तिको छायाँप्रति, सम्बन्धित स्थानीय तहमा पदपूर्तिको कारण सहितको रिफारिस र कर्मचारीहरुले रिक्त दरबन्दी रहेको स्थानीय तहबाट लयाएको सहमतिअनुशार कामकाजका लागि खटाएको हो ।

संघीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले एक निर्णय गर्दै उनीहरुलाई कामकाज गर्न खटाउने निर्णय गरेका हुन् ।

स्थानीय तहकै मागको आधारमा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा लोक सेवा आयोगले सिफारिस गरेका चौथोदेखि छैटौँ तहसम्मका कर्मचारीलाई स्थानीय तहले विविध कारण देखाउँदै हाजिर गराउन नसकिने भन्दै फिर्ता गरेपछि उनीहरू यता न उताको अवस्थामा पुगेपछि महिनौदेखि सामान्य प्रशासन मन्त्रालयको पिपल चौतारीमा घाम तापेर बसिरहेका थिए ।

सम्बन्धित समाचार  : स्थानीय तहका सयौँ कर्मचारी काठमाडौँमा अलपत्र !

देशभरिबाट फिर्ता पठाएका स्थानीय तहका कर्मचारी लामो समयदेखि सामान्य प्रशासन मन्त्रालयको निर्णय कुरेर बसेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस