लोक सेवाको विज्ञापन प्रकाशन तथा परीक्षा स्थगन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लोक सेवाको विज्ञापन प्रकाशन तथा परीक्षा स्थगन


२६ चैत्र २०७६, बुधबार


संघीय निजामती सेवा

काठमाडौं । लोक सेवा आोगले विज्ञापन प्रकाशन तथा लिखित मौखिक परीक्षाहरु स्थगन गरेको छ । कोरोना भाइरस (कोभिड १९)को विश्वव्यापी महामारीको प्रकोप बढेर नेपालमा पनि जोखिमको अवस्था उच्च हुँदा सरकारले गरेको लकडाउनका कारण लोक सेवाले पनि विज्ञापन लगायत लिखित मौखिक परीक्षा स्थगन गरेको जानकारी दिएको छ ।

आयोगले यसअघि चैत्र मसान्तसम्म हुने परीक्षा स्थगित भन्ने सूचना प्रकाशित गरेकोमा हालसम्म पनि परिस्थिति सामान्य भइनसकेकाले यस पूर्व स्थगन भएका कार्यक्रमहरु र ०७७ बैशाख १ देखि हुने लिखित परीक्षा तथा अन्तर्वार्तालगायत सम्पूर्ण कार्यक्रमहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको छ ।

यस्तै वार्षिक कार्यतालिका अनुसार ०७६ चैत्र अन्तिम बुधबार प्रकाशन हुने विज्ञापनसमेत स्थगित गरिएको आयोगले जनाएको छ ।

स्थिति सामान्य हुनासाथ स्थगन भएका सम्पूर्ण कार्यक्रमहरुको नयाँ कार्यतालिका सार्वजनिक गरिने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस