कोरोना कहर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना कहर


२५ चैत्र २०७६, मंगलबार


अस्ति भन्दा हिजो गाह्रो हिजो भन्दा आज।

कहिले होला हाँस्ने खेल्ने साथी भाइको माझ।।

विश्वलाई दर्द दिने कस्तो रोग आयो ।

मानव अस्तित्वमै किन यस्तो बज्रपात पर्‍यो।।

विज्ञान पनि फेल भयो जीवन बचाउन ।

सकेनन् खै आविष्कारले महामारी रोक्न । ।

धनी, गरिब केही रहेन बिपत आउँदा खेरी l

शक्ति राष्ट्र निरीह छन् आफ्नै दशा हेरी।।

कस्तो सङ्कट आइ लाग्यो विश्व तर्साउने ।

मर्ने सङ्ख्या दिनकै सुन्दा मुटु हल्लाउने ।।

सल्केको यो आगो अब कहिले निभ्ने होला ।

जोखिमपूर्ण बन्दै गयो मानवको चोला।।

शिथिल भयो अर्थतन्त्र कैयौँको ज्यान गयो ।

समाधान कहिले आउला अत्यास लाग्दो भयो ।।

एउटा मात्रै विकल्प छ जीवन बचाउने ।

घर बन्दीमै बसिकन सबको रक्षा गर्ने।।

सङ्कल्प गरौँ बच्ने बचाउने एकान्त बास बसी ।

स्वास्थ्य अनि सुरक्षा कर्मीको मनोबल बढाउन लागौँ कम्मर कसी ।।

Tags :
प्रतिक्रिया दिनुहोस