कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित


२५ चैत्र २०७६, मंगलबार


परीक्षाफल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ । बोर्डले आगामी वैशाख ८ गतेबाट कक्षा १२ र वैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस