कोरोनाका कारण लिबियाका पूर्वप्रधानमन्त्रीको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोनाका कारण लिबियाका पूर्वप्रधानमन्त्रीको मृत्यु


प्रशासन संवाददाता

२५ चैत्र २०७६, मंगलबार


काठमाडौं । कोरोना भाइरसका (कोभिड १९) का कारण लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिल मृत्यु भएको छ । ६८ वर्षीय जिब्रिलको आइतबार इजिप्टको कायरोमा मृत्यु भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उनी दुई सातादेखि अस्पतालमा भर्ना भएका थिए ।

मार्च २१ मा हृदयाघातको कारण अस्पतालमा भर्ना भएका उनलाई तीन दिनपछि कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको अलजजीराले जनाएको छ ।

उनी सन् २०११ मा लिबियाका शासक मुआमार गद्दाफीलाई सत्ताबाट हटाएपछि बनेको अन्तरिम सरकारका प्रमुख थिए । सन् २०१२ मा उनले नेशनल फोर्सेस एलायन्सको स्थापना गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस