प्रधानमन्त्री ओलीले ११ बजे सम्बोधन गर्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री ओलीले ११ बजे सम्बोधन गर्दै


२५ चैत्र २०७६, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज(मंगलबार)विहान ११ बजे सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा महामारीका रुपमा रहेको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारबारे सरकारले अहिलेसम्मका गरेका तयारी र कार्यायोजनाबारे आफूले सम्बोधन गर्न लागेको जानकारी गराएका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले स्वास्थ्यकर्मीलाई निर्धक्क भएर उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन आग्रह गर्ने बुझिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले चैत ११ गतेबाट सुरु भएको लकडाउन पुनः एक साता थप्दै वैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस