कोरोना भाइरस : ७४ हजारको मृत्यु, १३ लाख ४६ हजार संक्रमित, अमेरिकामा मात्रै १० हजार ८ सयको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना भाइरस : ७४ हजारको मृत्यु, १३ लाख ४६ हजार संक्रमित, अमेरिकामा मात्रै १० हजार ८ सयको मृत्यु


२५ चैत्र २०७६, मंगलबार


काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु हुनेको संख्या ७४ हजार ६९६ पुगेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले भयानक रुप लिइरहेको छ । विश्वको १३ लाख ४६ हजार जनसंख्या यो रोगबाट संक्रमित भइसकेका छन् । रोगको संक्रमण दर भढीरहेको छ ।

वर्ल्डओमिटरको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म ३ लाख ७८ हजार सय ९५ जना उपचार पछि निको भइसकेका छन् । भने ९ लाख ९३ हजार १ सय ७५ जना अस्पतालमा छन् । जसमध्ये ४७ हजार २ सय ५६ जनाको अवस्था गम्भीर रहेको छ भने अन्याको अवस्था मध्यमखालको छ ।

चीनको वुहानबाट डिसेम्बर अन्तदेखि फैलिएको यो रोगलाई विश्वस्वास्थ्य संगठनले विश्व महामारीको संज्ञा दिएको छ । हाल चीनमा यो रोगको संक्रमण दर घटिरहेको छ भने युरोप र अमेरिकामा तिव्ररुपमा फैलिइरहेको छ ।

पछिल्लो समय इटलीमा तिव्ररुपमा फैलिएको यो रोगले १६ हजार ५ सय २३ जनाको ज्यान लिएको छ । इटलीमा संक्रमितको संख्या १ लाख ३२ हजार ५ सय ४७ पुगेको छ ।

इटली पछि संक्रमण दर तिव्र रहेको अमेरिकामा मात्रै ३ लाख ६७ हजार ४ जान संक्रमित भएका छन् भने १० हजार ८ सय ७१ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

यस्तै तिव्रसंक्रमण हुने देश मध्ये अर्को देश स्पेन पनि हो । स्पेनमा १३ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ भने १ लाख ३६ हजार ६ सय ७५ संत्रमित भएका छन् ।

यस्तै जर्मनीमा पनि संक्रमितको संख्या १ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १८ सय नाघेको छ । फ्रान्समा ९८ हजार संक्रमित छन् भने ८ हजार ९ सयको मृत्यु भइसकेको छ ।

यस्तै युकेमा ५१ हजार ६ सय संक्रमित बनेका छन् भने ५ हजार ३ सय ७३ जनाको ज्यान गइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस