देशभरका १० स्थानबाट कोरोना भाइरसको नमुना परीक्षण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देशभरका १० स्थानबाट कोरोना भाइरसको नमुना परीक्षण


२४ चैत्र २०७६, सोमबार


काठमाडौँ । सरकारले देशभर विभिन्न १० स्थानबाट कोरोना भाइरस(कोभिड-१९) को नमुना परीक्षण गर्न थालेको छ ।

काठमाडौँ र धरानबाट केही अगाडिबाटै कोरोना भाइरस नमुना परीक्षण गरिरहेको सरकारले अहिले हेटौँडा, पोखरा, बुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवाबाट पनि नमुना परीक्षण सुरु गरेको हो । हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक हजार ६ सय ९७ जनाको नमुना परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार ब्रिफिङकाक्रममा दिएको जानकारीअनुसार काठमाडौँ उपत्यकामा १२ सहित देशभर एक सय सात जना आइसोलेसनमा रहेका छन् । देशभर नौ हजार एक सय ६८ जना क्वारेन्टाइनमा रहेको पनि मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय एम्बुलेन्स सेवा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र काठमाडौँ महानगरपालिकाबिच १० वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने विषयमा सम्झौतासमेत भएको छ । राष्ट्रिय एम्बुलेन्स सेवाका पाँच, मन्त्रालयका चार र महानगरको एकसहित १० वटा एम्बुलेन्स तयारी अवस्थामा रहनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस