१४ दिन क्वारेन्टिनपछि थप ७ दिन अनिवार्य ‘होम क्वारेन्टिन’ बस्नुपर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

१४ दिन क्वारेन्टिनपछि थप ७ दिन अनिवार्य ‘होम क्वारेन्टिन’ बस्नुपर्ने


२४ चैत्र २०७६, सोमबार


काठमाडौँ । सरकारले कोरोना संक्रमितसँग सम्पर्कमा रहेका वा बाहिरबाट आएकाले अबदेखि १४ दिन क्वारेन्टिनमा बसे पनि ७ दिन थप ‘होम क्वारेन्टिन’मा बस्नुपर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्थालाई परिमार्जन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

बैठकले १४ दिन क्वारेन्टिनमा बसिसकेको भए पनि थप ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको हो।

‘संक्रमणको जोखिम देखिएकाहरू १४ दिन क्वारेन्टिन बस्ने व्यवस्थालाई परिमार्जन गरिएको छ,’प्रवक्ता खतिवडाले भने,’१४ दिनपछि र्‍यापिड डाइगोनोस्टिक टेष्ट गरेर थप सात दिन उहाँहरू ‘होम क्वारेन्टिन’मा अनिवार्य रूपमा बस्नुपर्ने हुन्छ।’

त्यसको सुनिश्चित गर्ने काम भने स्थानीय तहले गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस