नेपाल लाइफद्वारा कोरोना कोषमा एक करोड हस्तान्तरण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपाल लाइफद्वारा कोरोना कोषमा एक करोड हस्तान्तरण


२४ चैत्र २०७६, सोमबार


काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ।

नेपाल लाइफको सञ्चालक समितिले पूर्व निर्णय गरे अनुसार कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति सो रकमको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिडारीलाई आज हस्तान्तरण गरिएको हो। नेपाल लाइफका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई तथा सञ्चालक समिति सदस्य कमलेश कुमार अग्रवालले चेक हस्तान्तरण गरेका छन्।

सम्बन्धित समाचार : ‘कोरोना नियन्त्रण तथा उपचार कोष’मा नेपाल लाइफको एक करोड सहयोग

सोमबार सिंहदरवार स्थिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईले बताए।

यस सहयोगसँगै सरकार र आमनागरिकसँग एक भई यस महामारी विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईको भनाई छ।

Tags :
प्रतिक्रिया दिनुहोस