एक चिकित्सकसहित १० जना कर्मचारी क्वारेन्टाइनमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एक चिकित्सकसहित १० जना कर्मचारी क्वारेन्टाइनमा


२४ चैत्र २०७६, सोमबार


हुम्ला । हुम्लामा एकजना चिकित्सकसहित स्वास्थ्यकर्मी र अन्य कार्यालयका कर्मचारीहरू क्वारेन्टाइनमा बसेका छन् । केही समयअघि जिल्लाबाहिर गएर फर्किएका एक चिकित्सक, दुई स्वास्थ्यकर्मी अन्य ६ जना कर्मचारी क्वारेन्टाइनमा बसेका हुन् ।

खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा स्वास्थ्य संयोजक बलिराज शाहीका अनुसार एकजना चिकित्सक र दुईजना स्वास्थ्यकर्मीलाई खार्पुनाथमा क्वारेन्टाइनमा राखिएको छ ।

हाल आठजना क्वारेन्टाइनमा बसेकामध्ये तीनजना स्वास्थ्यकर्मी रहेको स्वास्थ्य संयोजक शाहीको भनाइ छ ।

यस्तै सिमकोट गाउँपालिका रानीवनमा रहेको क्वारेन्टाइनमा सातजना नेपालगन्जबाट गाडी हुँदै मुगुबाट हुम्ला पुगेका बैंक, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र शिक्षकलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका कार्यालय प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस