भोका डोल्पालीलाई सांसदको राहत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भोका डोल्पालीलाई सांसदको राहत


प्रशासन संवाददाता

२४ चैत्र २०७६, सोमबार


डोल्पा । डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले काठमाडौँमा भोकभोकै बसेका डोल्पालीलाई खाद्य सामग्री वितरण गरेका छन् ।

कोभिड–१९ विरुद्ध सरकारले घोषणा गरेको लकडाउनका कारण काठमाडौँमा अलपत्र परेर भोकभोकै रहेका डोल्पावासीलाई सांसदले खाद्य सामग्री वितरण गरेका हुन् ।

उपचारका लागि काठमाडौँ गएका डोल्पाली लकडाउनपछि अलपत्र परेका थिए । पूर्वराज्यमन्त्री बुढाले जिल्लाको मुड्केचुला गाउँपालिकाअन्तर्गत नर्कु गाउँ बस्ने भगवती सिंहका तीन जनाको परिवार र त्रिपुरासुन्दरी नगरपालिका १ बस्ने कमला बुढाका ६ जनाको परिवारलाई नुन, चामल, तेल, दाल, मसलालगायत खाद्य पदार्थ वितरण गरेका हुन् ।

“उपचारको क्रममा पैसा सकिएपछि केही दिनदेखि भोकभाकै बस्नुपरेको थियो, सांसद बुढाको सहयोग पायौँ, ठूलो राहत महसुस गरेका छौँ”, राहत थाप्दै कमलाले भने ।

डोल्पाली भोकभोकै परेको खबर थाहा पाएपछि खाद्य सामग्री खरीद गरेर वितरण गरिएको सांसद बुढाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस