लकडाउन प्रभावकारी बनाउन प्रहरी सक्रियता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लकडाउन प्रभावकारी बनाउन प्रहरी सक्रियता


२४ चैत्र २०७६, सोमबार


हेटौँडा । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि घोषणा गरिएको लकडाउनलाई प्रभावकारी बनाउन मकवानपुर जिल्ला प्रहरीले सक्रियता बढाएको छ ।

सरकारले घोषणा गरेको लकडाउन आमनागरिकका लागि भएकाले त्यसबाट सचेत रहन र सुरक्षित गराउन प्रहरीको अनुगमन तीव्र पारिएको छ । जिल्लाअन्तर्गत बजार क्षेत्रमा माइकिङ गराउँदा सर्तक तथा कारवाही सन्दर्भमा प्रहरीले सूचनासमेत दिने गरेको छ । लकडाउन उल्लङ्घनको सन्दर्भमा व्यापक गुनासो आएपछि प्रहरीको सक्रियता बढेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको अध्यक्षतामा सुरक्षा निकायको बैठकले लकडाउन प्रभावकारी बनाउने निर्णय गरेको हो । घरमा सुरक्षित रहन र स्यानिटाइजको प्रयोग गर्न हेटौँडाका विभिन्न सङ्घ संस्थाले विज्ञप्तिमार्फत सचेत गराउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस