‘कोरोना नियन्त्रण तथा उपचार कोष’मा नेपाल लाइफको एक करोड सहयोग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘कोरोना नियन्त्रण तथा उपचार कोष’मा नेपाल लाइफको एक करोड सहयोग


२३ चैत्र २०७६, आइतबार


काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड जम्मा गर्ने भएको छ ।

विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरस(कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने नेपाल लाइफको सञ्चालक समितिले निर्णय गरेको छ ।

राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकूल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल लाइफले विगतमा समेत विविध प्रकारको सहयोग गर्दै आइरहेको जनाएको छ ।

सरकारले स्थापना गरेको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरूको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरूका निम्ति केही सहयोग हुने विश्वास नेपाल लाइफले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस