५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने सरकारको निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने सरकारको निर्णय


२३ चैत्र २०७६, आइतबार


काठमाडौँ । सरकारले कोरोना भाइरस विरुद्धको अभियानमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।

त्यसरी परिचालित हुने स्वयंसेविकाको पारिश्रमिक र बिमा व्यवस्था हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।

यसअघि क्वारेन्टिनमा बसेकाहरूमा लक्षण नदेखिएपछि विना परीक्षण घर पठाउने गरिएकोमा अब त्यस्ता व्यक्तिलाई परीक्षणपछि मात्रै घर जान दिने निर्णय पनि सरकारले गरेको छ ।

स्वास्थ्य सामग्री खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनको व्यवस्थामै टेकेर जी टू जी, निजी र प्रतिस्पर्धाबाट तथा सोझै खरिद गर्ने बाटो खुल्लै राख्ने विषयलाई थप प्रस्ट्याइको पनि सचिव नारायण बिडारीले जानकारी दिए । ‘कोरोना रोकथाममा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा सबै कर्मचारीको बिमा तथा सुविधालाई थप स्पष्ट पार्ने निर्णय पनि भएको छ,’ बिडारीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस