सुत्केरीको हेलिकप्टरबाट उद्धार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुत्केरीको हेलिकप्टरबाट उद्धार


२३ चैत्र २०७६, आइतबार


डोल्पा । डोल्पाबाट एक सुत्केरीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । शल्यक्रिया गरेर सुत्केरी भएकी एक महिलाको पिसाब बन्द भएपछि हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेजमा लगिएको हो ।

जिल्लाको ठुली भेरी नगरपालिका ७ की २० वर्षीय शान्ति बुढाको पिसाब रोकिएपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट नेपाल मेडिकल कलेज लगिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धारको कोषमार्फत जिल्ला अस्पतालमा २० वर्ष‍ीया शान्ति बुढाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

शुक्रवार शल्यक्रिया गरेकी बुढाको पिसाबमा शनिवार बिहान ११ बजेपछि समस्या आएपछि नेपालगन्ज मेडिकल कलेजमा रिफर गरिएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले बताएका छन् ।

यस वर्ष मात्रै डोल्पाबाट सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरबाट १३ जनाको उद्धार भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस