बेलायती र नेपाली चिकित्सकबिच कोभिड-१९ भिडियो कन्फ्रेन्स « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बेलायती र नेपाली चिकित्सकबिच कोभिड-१९ भिडियो कन्फ्रेन्स


प्रशासन विशेष ब्युरो

२३ चैत्र २०७६, आइतबार


इटहरी । बेलायती र नेपाली चिकित्सकबिच कोरोना भाइरस(कोभिड-१९) सम्बन्धी भिडियो कन्फ्रेन्स भएको छ।

इटहरी रेप्सिनको मुख्य आयोजना र इटहरी उपमहानगरपालिका तथा इटहरी अस्पतालको समन्वयमा कोभिड-१९ सम्वन्भि भिडियो कन्फ्रेन्स भएको हो ।

बेलायती र नेपाली चिकित्सक तथा विज्ञहरूले नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई शनिवार कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी प्रशिक्षण दिएको कन्फेरेन्स आयोजक समितिको सदस्य सचिव तथा इटहरी अस्पतालको इमरजेन्सी इन्चार्ज रामकुमार धमलाले जानकारी दिए ।

कन्फ्रेन्समा नेपाल भरिका ८० जना स्वास्थ्यकर्मीहरुले सहभागिता जनाएका थिए । उक्त कन्फ्रेन्समा बेलायतका इमर्जेन्सी मेडिसिनका प्रा.डा. प्रकाश सुवेदी, डा. नुसाद खान, डा. जी एलिट, डा प्रकाश रिजाल, डा. दिलीप यादव, भद्रि सुवेदी लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । कोभिड-१९ को महामारी को यो विषम परिस्थितिमा प्रविधिको प्रयोग गरी नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई कोभिड-१९ को विषयमा सिकाई आदानप्रदान र प्रशिक्षित गरेको सम्भवतः नेपालमा पहिलो पटक भएको धमलाले बताए ।

कन्फ्रेन्समा इटहरी उपमहानगरपालिकाको प्रमुख द्वारिकालाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम तथा रेप्सिन इटहरीको संयोजक राजु केसिकोसमेत उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस