खरिपाटी क्वारेन्टिनमा रहेका ९४ जनाको रिपोर्ट नेगेटिभ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खरिपाटी क्वारेन्टिनमा रहेका ९४ जनाको रिपोर्ट नेगेटिभ


२३ चैत्र २०७६, आइतबार


काठमाडौँ । खरिपाटीस्थित क्वारेन्टिनमा रहेका ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । आइतबार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टिनमा राखिएका ९४ जनाको कोरोना परीक्षण गर्दा रिपोर्ट नगेटिभ आएको बताएका हुन् ।

संक्रमित रहेका बासस्थान वरपर र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडीटी)को परीक्षण गरिने र पोजिटिभ आएमा पुनः पीसीआर प्रविधिबाट परीक्षण गर्ने डा. देवकोटाको भनाई छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार हालसम्म १५ सय २९ वटा परीक्षण भएका छन् । साथै देशभरी ११३ जना आइसोलेसनमा रहेका छन् । उपत्यकाबाहिर ६ ठाउँमा कोरोना परीक्षण सुरु भएको प्रवक्ता देवकोटाले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस