राहत वितरणमा अनियमितता भएको भन्दै झडप, एक प्रहरीसहित दर्जन बढी घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राहत वितरणमा अनियमितता भएको भन्दै झडप, एक प्रहरीसहित दर्जन बढी घाइते


२३ चैत्र २०७६, आइतबार


इटहरी । सुनसरीको दुहबीमा राहत वितरणमा अनियमितता भएको भन्दै झडप भएको छ । झडपमा एक प्रहरीसहित एक दर्जन युवा घाइते भएको दुहबी प्रहरीले जनाएको छ ।

घाइतेको अवस्था भने सामान्य रहेको इलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ । घाइते सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

राहत वितरणमा वडाध्यक्षलगायतले अनियमितता गरेको भन्दै एक स्थानीय युवाले फेसबुकमा लेखेका थिए । सोही विषयमा छलफल गर्न भेला भएको बेलामा दुई पक्षबीच झडप भएको बतइएको छ ।

वडाले राहत वितरण आइतबारबाट सुरु गरेको थियो ।

दुहबी ९ का वडाअध्यक्ष मेहदी हुसैनले भने राजनीतिक पूर्वाग्राहका कारण आरोप लगाएको र छलफलको क्रममा झडप भएको बताएका छन् ।

झडपमा प्रहरी जवान अनिल यादव घाइते छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस