आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द


प्रशासन संवाददाता

२३ चैत्र २०७६, आइतबार


अत्तरिया । कोरोनाका थप तीन संक्रमित भेटिएपछि आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द भएको छ अस्पताल बाहेक सबै क्षेत्र बन्द भएका छन् । आज बजारमा कुनै पनि पसल खुलेका छैनन् ।

धनगढी उपमहानगरपालिकाले शनिबार विज्ञप्ति प्रकाशन गर्दै सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको थियो ।

यस अवधिमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु होम डेलिभरी गर्न उद्योग वाणिज्य संघ कैलाली, किराना व्यवसायी संघ कैलाली, दुग्ध व्यवसायी, तरकारी व्यवसायीलगायत सबैमा आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस