१९० गरिब परिवारलाई खाद्यान्न « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

१९० गरिब परिवारलाई खाद्यान्न


प्रशासन संवाददाता

२३ चैत्र २०७६, आइतबार


एनआईसी एशिया बैंकले लकडाउनबाट प्रभावित गरीब तथा ज्यालादारी गरी खानेहरुका लागि रु. तीन लाख ७५ हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरेको छ ।

एनआईसी एशिया बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख टेकराज भट्टले बैंकका तर्फबाट छाक टार्न समस्या भएका कैलाली र कञ्चनपुरका बिभिन्न क्षेत्रका १९० गरिब तथा मजदुर परिवारलाई दैनिक उपभोग्य वस्तुहरु स्थानीय तह मार्फत प्रदान गरिएको बताए ।

कैलालीको गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, बर्दगोरिया, कैलारी र जोशीपुर गाउँपालिका र कञ्चनपुरको बेतकोट नगरपालिकाका प्रमुख मार्फत बिपन्न परिवारलाई चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न सामाग्रीहरु प्रदान गरिएको बताइएको छ ।

बैंकले यसअघि काठमाडौं र प्रदेश नं १ मा ज्याला मजदुरी गर्नेहरुका लागि रू। पाँच/पाँच लाख बराबरको खाद्यान्न सामाग्री समेत वितरण गरिसकेको बैंकका प्रमुख भट्टको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस