रासनसहित राज्यमन्त्री डेरामै पुगेपछि… « प्रशासन
prasaLogo
२३ चैत्र २०७६, आईतवार

रासनसहित राज्यमन्त्री डेरामै पुगेपछि…


प्रकाशित मिति : 5 April, 2020 9:22 am

काठमाडौँ । राज्यमन्त्री रामवीर मानन्धर रासन लिएर श्रमिकको डेरामै पुगेका छन् । लकडाउनका कारण काम निस्कन नपाएर भोकै परेका श्रमिक परिवारको डेरामा पुगेका हुन् ।

‘लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन, हामी साथमा छौं’ भन्ने घोषणालाई कार्यान्वयन गर्न राज्यमन्त्री मानन्धर पर्सा घर भई चन्द्रागिरि नगरपालिका १३ मा डेरा गरी बसेका जौआद हुसेनको परिवारलाई खाद्यान्न सहयोग गर्न पुगेका हुन्।

हुसेनको परिवारले राज्यमन्त्री मानन्धरलाई खाद्यान्न अभाव भएको खबर गरेपछि मानन्धर त्यहाँ पुगेको उनको सचिवालयले जनाएको छ । खाद्यान्न पाएपछि हुसेनको परिवार निकै भावुक बनेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस