कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो


२३ चैत्र २०७६, आइतबार


काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको ६४ हजार ७१० पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार संक्रमितको संख्या १२ लाख नाघेको छ ।

२४ घण्टाको अवधिमा मृतक ५ हजारभन्दा बढी र संक्रमित एकलाख भन्दा बढी देखिएको छ

सबैभन्दा बढी संक्रमणको जोखिममा इटाली, स्पेन, अमेरिका र फ्रान्स रहेका छन् ।

ती मध्ये पनि इटालीमा सबैभन्दा बढी मृतकको संख्या इटालीमा १५ हजार ३६२ जनाको मृत्यु भएको छ भने स्पेनमा ११ हजार ९४७, अमेरिकामा ८ हजार ४५२, फ्रान्समा ७ हजार ५६० र बेलायत(यूके)मा ४ हजार ३१३ जनाको मृत्यु भएको छ ।

तथ्यांकमा निको हुनेको संख्या दुई लाख ४६ हजार ४९६ जना रहेको विभिन्न संचारमाध्यमहरुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस