एक स्थानीय तहबाट अर्कोमा जान नदिने सरकारको निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एक स्थानीय तहबाट अर्कोमा जान नदिने सरकारको निर्णय


२२ चैत्र २०७६, शनिबार


सह सचिव

काठमाडौं । सरकारले लकडाउनमा थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै सो निर्णय गरेको हो ।

अश्वाभाविक रुपमा आवागमन हुन नदिनका लागि सबै सरोकारवाला निकायले प्रभावका रुपमा काम गर्ने गरी अघि बढ्नु पर्ने निर्णय पनि सरकारले गरेको छ ।

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको सरकारले पहिलो चरणको चैत १८ गतेसम्म घोषणा गरिएकोमा पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकेको थियो ।

कोरोना भाइरस(कोभिड-१९) का संक्रमित संख्या बढ्दै जाँदा सरकार लकडाउन बढाउने तयारीमा देखिएको छ यद्यपी आजको बैठकले भने यसबारे थप निर्णय गरिहालेको भने छैन । आज(शनिबार)सम्म नेपालमा कोरोनाको संक्रमितको संख्या ९ पुगेको छ । जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस