बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, केही महत्त्वपूर्ण छलफल हुँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, केही महत्त्वपूर्ण छलफल हुँदै


२२ चैत्र २०७६, शनिबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक वालुटावारमा जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज(शनिवार) अपराह्न बसेको बैठकमा लकडाउनले पारेको असर तथा यसले राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रभावका आयामहरूको गम्भीर छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

आजै मात्र सुदूर पश्चिममा तीन जना कोरोना सङ्क्रमित फेलापरेसँगै थप कसरी अघि बढ्ने भन्ने विषयमासमेत छलफल हुने र सम्भवतः लकडाउनको अवधि थप्न सक्ने सहभागी एक मन्त्रीले प्रशासनलाई बताए । यसका साथै तत्काल स्वास्थ्य सामाग्रीहरूको आपूर्तिबारे पनि केही निर्णय हुनेछ ।

बैठकमा स्वास्थ्य सामाग्री खरिद प्रकरणबारे पनि छलफल हुने बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस