थप तीन जनामा भेटियो कोरोना संक्रमण, संक्रमित सबै सुदूरपश्चिमका « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

थप तीन जनामा भेटियो कोरोना संक्रमण, संक्रमित सबै सुदूरपश्चिमका


२२ चैत्र २०७६, शनिबार


काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पोजिटिभ देखिएको छ । सुदूरपश्चिमको कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले आधिकारिक फेसबुक पेजबाट संक्रमितको पछिल्लो विवरण सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट आएका हुन् । सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितको आफन्त ३४ वर्षीया महिला भएको पनि मन्त्रालयले जनाएको छ।

आठौँ केश लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखिएको छ । उनी केही समयअघि भारतको मुम्बईबाट आएका थिए । उनी क्वारेन्टिनमा बस्दै आएका थिए । नवौँ केश भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको छ । उनी पनि क्वारेन्टिनमा बस्दै आएका थिए ।

संक्रमित तिनै जनालाई अहिले सेती प्रादेशीक अस्पताल धनगढीको आइसोलेशनमा राखिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस