चीनभर आज राष्ट्रिय शोक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चीनभर आज राष्ट्रिय शोक


२२ चैत्र २०७६, शनिबार


काठमाडौं । चीनमा आज राष्ट्रिय शोक मनाइएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा मृत्यु भएकाहरूको सम्झनामा तीन मिनेट मौनधारण गरिएको हो ।

भाइरसबाट मृत्यु भएका सबै र सङ्क्रमितको उपचार गर्दागर्दै आफ्नो ज्यान गुमाउने स्वास्थ्यकर्मीको सम्मानमा तीन मिनेट मौनधारण गरिएको हो । राष्ट्रिय शोक दिवसका रूपमा चीनको राष्ट्रिय झण्डासमेत आधा झुकाइएको छ । सवारीसाधनमा समेत हर्नको रुपमा परम्परागत शोक धुन बजाएका छन् ।

चीनका सिन्ह्वा, चाइना डेल्ली, ग्लोबल टाइम्स, पिपुललगायतका मिडियाले आफ्ना अनलाइन संस्करण अग्रभाग श्यामश्वेत बनाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस