कोरियामा कोरोना सङ्क्रमित चिकित्सकको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरियामा कोरोना सङ्क्रमित चिकित्सकको मृत्यु


प्रशासन संवाददाता

२२ चैत्र २०७६, शनिबार


कोरोना भाइरसबाट सङ्क्रमित एक कोरियन चिकित्सकको शुक्रबार मृत्यु भएको छ । उनी कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत थिए । आफूमा कोरोना सङ्क्रमण भएको पाइएपछि उनी मार्च १९ देखि ख्याङ्बुक नेसनल युनिभर्सिटी अस्पताल थेगुमा उपचार गराइरहेका थिए । उनलाई आफ्नो मेडिकलमा आएका सङ्क्रमितबाटै जाँच गर्ने क्रममा सङ्क्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ ।

कोरियामा कोरनाका कारण शुक्रबारसम्म उनीसँगै मृत्यु हुनेको सङ्ख्या १७४ पुगेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ भने हालसम्म सङ्क्रमितको सङ्ख्या १० हजार ६२ पुगेको छ । दक्षिण कोरियामा कोरोना भाइरस नियन्त्रणमा आइरहेको खबर सार्वजनिक भइरहेका बेला चिकित्सकको मृत्युले सिङ्गो मेडिकल क्षेत्रले शोक मनाइरहेको उनका सहकर्मीले जनाएका छन् ।

उनीहरूले भनेका छन्, “हामी हाम्रो सहकर्मीको उच्च सम्मान गर्दै कोरोनासँग डटेर लड्नेछौँ । कोरोना सङ्क्रमित प्रत्येक बिरामी उपचारपश्चात् सकुसल अस्पतालको ढोकाबाट मुस्कुराउँदै बिदा नभएसम्म हामी निरन्तर खट्ने छौँ ।” कोरियामा कोरोना सङ्क्रमणका कारण चिकित्सकको मृत्यु भएको यो पहिलो घटना हो । जीवन खत्री (रासस)

Tags :
प्रतिक्रिया दिनुहोस