उपचारमा बाधा पुर्‍याउने डाक्टरको लाइसेन्स खारेज ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपचारमा बाधा पुर्‍याउने डाक्टरको लाइसेन्स खारेज !


२२ चैत्र २०७६, शनिबार


काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकहरू कोरोना भाइरस(कोभिड-१९) तथा अन्य सेवामा बाधा पुग्ने गतिविधिमा लागे पेसागत लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ ।

अस्पतालहरूबाट प्रदान गरिने कोरोना भाइरस(कोभिड–१९) तथा अन्य उपचार सेवामा बाधा पुग्ने गतिविधि नगर्न चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य मन्त्रालयले सचेत गराउँदै सो चेतावनी दिएको हो । साथै त्यस्तो गतिविधिमा लागेको भेटिए भविष्यमा सरकारी सेवामा नियुक्ति हुन अयोग्य हुने गरी कारबाही हुने समेत जनाएको हो ।

स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा बसेको बैठकले सबै स्वास्थ्यकर्मीलाई उपचार सेवालाई सहज रूपमा अघि बढाउन स्वास्थ्यकर्मीहरुलाई आग्रहसमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस