कोरोना भाइरस : मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो, इटलीमा १४ हजार बढीले गुमाए ज्यान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना भाइरस : मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो, इटलीमा १४ हजार बढीले गुमाए ज्यान


२२ चैत्र २०७६, शनिबार


काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) ले विश्वभर ५९ हजार १ सय ४१ जनाको ज्यान गएको छ। यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ५८ हजार ६ जना संक्रमित भएका छन् भने २ लाख २८ हजार ४ सय ५ जना निको भएका छन् ।

अहिलेसम्मको तथ्यांक हेर्दा सबैभन्दा बढी इटलीमा १४ हजार ६ सय ८१ जनाको मृत्यु भइसकेको छ भने एकै दिन ७ सय ६६ जनाले ज्यान गुमाएका छन्। इटलीमा ८५ हजार ३ सय ८८ एक्टिभ केस छन्। १९ हजार ७ सय ५८ जनालाई निको भएको छ ।

त्यस्तै स्पेनमा ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ८ पुगेको छ । स्पेनमा जम्म संक्रमित १ लाख १९ हजार १ सय ९९ जना छन् । एकै दिन ८ सय ५ण् जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा ७ हजार ३ सय ९२ जनाको ज्यान गइसकेको छ भने संक्रकितको संख्या २ लाख ७७ हजार १ सय ६१ जना पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस