हेल्थ डेस्कमा खटिएका चार स्वास्थ्यकर्मी क्वारेन्टिनमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

हेल्थ डेस्कमा खटिएका चार स्वास्थ्यकर्मी क्वारेन्टिनमा


२१ चैत्र २०७६, शुक्रबार


जुम्ला । जुम्लाको दुई गाउँपालिकास्थित हेल्थ डेस्कमा खटिएका चार स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा बसेका छन् ।

जुम्लाको प्रवेशद्वार नाग्म हेल्थ डेस्कमा खटिएका हिमा गाउँपालिकाका दुई र तिला गाउँपालिकाका दुई जना स्वास्थ्यकर्मी शुक्रबारदेखि क्वारेन्टिनमा बसेका हुन् ।

१४ गतेबाट हेल्थ डेस्कमा खटेका स्वास्थ्यकर्मीलाई एक सातासम्मका लागि क्वारेन्टिनमा राखिएको हो ।

हिमा गाउँपालिकास्थित पाथरखोला स्वास्थ्यचौकीका हेल्थअसिस्टेन्ट र अहेबलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य प्रमुख रतनबहादुर रावतले बताए ।

त्यसै गरी तिला गाउँपालिकास्थित कुडारी स्वास्थ्य चौकी र जुम्लाकोट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई १४ दिनका लागि क्वारेन्टिनमा राखिएको छ ।

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका हेल्थ डेस्कमा परिचालन गरिएका स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको थियो ।

नाग्म हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले लकडाउनकै समयमा करिब चार हजारभन्दा धेरै मानिसको कोरोना भाइरस संक्रमण स्क्रिनिङ गरेका थिए ।

नाग्म हेल्थ डेस्कमा स्थानीय तहले एक–एक हप्ता स्वास्थ्यकर्मी परिवर्तन गर्ने र हेल्थ डेस्कमा बसेका स्वास्थ्यकर्मीलाई अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था गरेको छ ।

जुम्ला प्रवेशद्वार नाग्म बसेर स्वास्थ्य परीक्षण गरेका सबै स्वास्थ्यकर्मीलाई जुम्लाको बसपार्कस्थित एक होटेलको क्वारेन्टिनमा राखिने व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस