अर्थ मन्त्रालय मातहतका निकायबाट कोरोना कोषमा २१ करोड सहयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अर्थ मन्त्रालय मातहतका निकायबाट कोरोना कोषमा २१ करोड सहयोग


२१ चैत्र २०७६, शुक्रबार


आचारसंहिता

काठमाडौँ । सरकारले घोषणा गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अर्थ मन्त्रालय मातहतका विभिन्न निकायले करिब २१ करोड रुपैयाँ सहयोग गरेका छन् ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार बिहीबारसम्म अर्थ मन्त्रालय मातहतका निकायबाट २० करोड ९७ लाख रुपैयाँ जम्मा भएको हो । यसबाहेक विभिन्न २० वटा बैंकबाट २२ करोड रुपैयाँ जम्मा भएको अर्थ मन्त्रालयको भनाइ छ ।

कोरोना कोषमा नेपाल धितोपत्र बोर्डले ३ करोड रुपैयाँ सहयोग गरेको छ । कर्जा तथा निक्षेप सुरक्षण कोषबाट ३ करोड रुपैयाँ प्राप्त भएको छ । नेपाल स्टक एक्सचेन्जले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । सिडीएस कम्पनीबाट ३५ लाख रुपैयाँ प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडले २ करोड रुपैयाँ सहयोग गरेको छ ।

राष्ट्रिय बिमा संस्थानबाट १ करोड रुपैयाँ प्राप्त भएको छ । नेपाल पुनर्बीमा कम्पनीबाट १ करोड ११ लाख रुपैयाँ प्राप्त भएको छ । नागरिक लगानी कोषले २ करोड रुपैयाँ सहयोग गरेको छ । कर्मचारी संचय कोषबाट ५ करोड रुपैयाँ प्राप्त भएको छ । विभिन्न २० बैंकबाट २२ करोड रुपैयाँ योगदान भएको अर्थ मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस