टाकुरे भिरमा अड्किएकी भारतीय महिलाको सकुशल उद्धार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

टाकुरे भिरमा अड्किएकी भारतीय महिलाको सकुशल उद्धार


२१ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । भिरमा अड्किएकी एक महिलाको प्रहरी र सेनाको टोलीले सकुशल उद्धार गरेको छ ।

गुल्मी जिल्ला मुसिकोट नगरपालिका ७ अर्छुङ टाकुरे भिरमा अड्किएकी महिलालाई वामीटक्सार प्रहरी चौकीबाट खटिएको प्रहरी र वामी सुरक्षा पोस्टबाट खटिएको नेपाली सेनाको संयुक्त टोलीले जीवितै उद्धार गरी स्वास्थ्य उपचार पश्चात् नगरपालिकाद्वारा खडा गरिएको क्वारेन्टाइनमा राखेको छ ।

भारत झारखण्ड, मधुपुर घर बताउने महिला २ दिन पहिला देखि सोही भीरमा अड्किएको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस