प्रधानमन्त्रीले सूचना प्रविधि सल्लाहकार तुरुन्त हटाउनुपर्छ : कोइराला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीले सूचना प्रविधि सल्लाहकार तुरुन्त हटाउनुपर्छ : कोइराला


२१ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार असगर अलीलाई पदबाट बर्खास्त गर्न माग गरेका छन् ।

उनले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रधानमन्त्री ओलीले आफ्ना सूचना प्रविधि विज्ञलाई तुरुन्त पदबाट बर्खास्त गर्नुपर्छ र यो घटनामा संलग्न दोषीहरूमाथि कारबाही गरिनुपर्छ ।’

असगर अलीको लगानी रहेको कम्पनीले काठमाडौँ प्रेसको समाचार ह्याक गरेर हटाएको भन्दै नेता कोइरालाले यस्तो माग गरेका हुन । उनले लेखेका छन्, ‘संसारमै नहुने यस्तो बिरलै घटना प्रेस र अभिव्यक्ति स्वतन्त्रता हननको उच्चतम र निकृष्ट नमुना हो ।’

सिरान टेक्नोलोजीले यस घटनाप्रति माफी मागिसकेको प्रसंगमा सरकारले अब कानुनी कारबाही अगाडि अगाडि बढाउनु पर्ने कोइरालाको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस