अप्रिल ५ को राति ९ बजे ९ मिनेटसम्म देशभर दीप प्रज्वलन गर्न प्रधानमन्त्री मोदीको आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अप्रिल ५ को राति ९ बजे ९ मिनेटसम्म देशभर दीप प्रज्वलन गर्न प्रधानमन्त्री मोदीको आग्रह


२१ चैत्र २०७६, शुक्रबार


नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल ५ को राति ९ बजे देशभर दीप प्रज्वलन गर्न जनताहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री मोदीले लकडाउनका बेला ऐकवद्धता देखाउन रातको ९ बजे देशभरका जनतालाई आआफ्नो ठाउँबाट मैनबत्ती तथा बत्ती नभएको खण्डमा मोबाइलको ‘फ्ल्यास लाइट’ बाल्न आग्रह गरेका हुन् ।

उनले लकडाउनका बेला कोही पनि एक्लै नभएको सन्देश प्रवाह गर्न यस्तो आग्रह गरेको बताए । उनले ९ मिनेटसम्म यस्तो गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘कृपया आइतबार तपाईँको घरको बत्ती निभाउनुस्, घरको बालकोनीमा गएर ९ मिनेटसम्म क्यान्डिल, टर्च वा मोबाइल फ्ल्यास लाइट बाल्नुस् ।’

यस्तै मोदीले कसैलाई पनि सडकमा ननिस्कन आग्रह गरेका छन् ।

कोरोना भाइरसविरुद्ध देशव्यापी अभियानको रुपमा मोदीले शुक्रबार बिहान ९ बजे भिडिओ सन्देश मार्फत यस्तो आग्रह गरेका हुन् । उनले १ सय ३० करोड भारतीय जनताको एकीकृत शक्ति प्रदर्शनको लागि यस्तो आग्रह गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस