कोरोना संक्रमितको सङ्ख्या १० लाख १५ हजार, ५३ हजार बढीको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमितको सङ्ख्या १० लाख १५ हजार, ५३ हजार बढीको मृत्यु


२१ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । विश्वमा कोरोना भाइरस संक्रमितको सङ्ख्या १० लाख नाघेको छ।

यो समाचार तयार पार्दासम्म कोरोना भाइरस(कोभिड–१९) संक्रमितको सङ्ख्या विश्वभर १० लाख १५ हजार चार सय ६६ पुगेको छ भने ५३ हजार एक सय ९० जनाको मृत्यु भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै २ लाख ४५ हजार ६६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय अमेरिका कोरोना भाइरसको केन्द्रबिन्दु बनेपछि संक्रमितको विश्व तथ्याकंले नयाँ बिन्दु पार गरेको हो।

यसै गरी इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित छन् । जर्मनीमा संक्रमितको सङ्ख्या ८४ हजार ७ सय ९४ छ ।

मृतकको सङ्ख्या भने इटलीमा धेरै छ । इटलीमा कोरोना भाइरसको संक्रमणबाट १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ ।

स्पेनमा १० हजार ३ सय ४८ र फ्रान्समा ५ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस