स्वास्थ्य विभागको पत्र रद्द गर्दै मन्त्रालयले भन्यो ‘कुनै कर्मचारीलाई बिदा र काजमा नछोड्नु’ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

स्वास्थ्य विभागको पत्र रद्द गर्दै मन्त्रालयले भन्यो ‘कुनै कर्मचारीलाई बिदा र काजमा नछोड्नु’


२० चैत्र २०७६, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कुनै पनि कर्मचारीलाई बिदा र काजमा नछोड्ने बताएको छ ।

पाँच दिन अघि दुई विशेष परिस्थितिमा स्वास्थ्यकर्मीलाई बिदा दिन सकिने जनाएको स्वास्थ्य सेवा विभागको परिपत्र सम्बन्धमा मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै कुनै पनि कर्मचारीहरूलाई बिदा र काजमा नछोडी नियमित रूपमा उपस्थित हुने व्यवस्था मिलाउन भनेको छ ।

यसअघि विभागले दुई विशेष परिस्थितिमा स्वास्थ्यकर्मीलाई कोरोना बिरामीको उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा नखटाउन भन्दै सबै अस्पतालहरूलाई परिपत्र गरेको थियो ।

सम्बन्धित समाचार :  यी दुई परिस्थितिमा कोरोना उपचारमा खटाइने छैन स्वास्थ्यकर्मीलाई

तर त्यसको पाँच दिन पछि मन्त्रालयले उक्त परिपत्र लाई काट्दै कर्मचारीलाई नियमित उपस्थित भई कामकाज गर्न परिपत्र गरेको छ ।

स्वास्थ्य सेवा विभागले यही चैत १५ गते दीर्घ रोगी, गर्भवती एवम् सुत्केरी महिलाहरूलाई कोभिड १९ को बिरामीको प्रत्यक्ष उपचारमा नखटाउनको लागि गरेको परिपत्र सम्बन्धमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ, मन्त्रलालका प्रवक्ता डा. विकास देवकोटाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ उक्त परिपत्र मा जे सुकै लेखिएको भएता पनि आजको विश्वव्यापी गम्भीर परिस्थितिमा देशभरका स्वास्थ्य सेवाहरूलाई सुचारु गर्न लागि कुनै पनि कर्मचारीहरूलाई बिदा र काजमा छोडी नियमित रूपमा उपस्थिति हुने व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ ।

हेर्नुहोस् पत्र

Tags :
प्रतिक्रिया दिनुहोस