स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारले थाल्यो छानबिन, महानिर्देशक श्रेष्ठसँग सोधपुछ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारले थाल्यो छानबिन, महानिर्देशक श्रेष्ठसँग सोधपुछ


प्रशासन विशेष ब्युरो

२० चैत्र २०७६, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिनका क्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठसँग सोधपुछ गरेको छ ।

बिहीबारदेखि उजुरीमाथि छानबिन थालेको आयोगले दिउँसो महानिर्देशक श्रेष्ठसँग बयान लिएको हो ।

उजुरीमाथि प्रारम्भिक छानबिनका क्रममा सोधपुछ गरेको अख्तियार स्रोतले बताएको छ । उजुरीसँगै प्राप्त भएका कागजात र मन्त्रालयका कागजात हेरेपछि थप कारबाही अघि बढ्ने स्रोतले बतायो ।

महानिर्देशक श्रेष्ठ केही घण्टा बसेर फर्किएका थिए ।

कोरोना भाइरस(कोभिड–१९) संक्रमण नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा चरम अनियमितता भएको भन्दै चौतर्फी आलोचना भएपछि बुधवार मन्त्रालयको पत्रकार सम्मेलनमार्फत महानिर्देशक श्रेष्ठले सम्झौता रद्द गरेको बताएका थिए ।

मन्त्रालयले खरिद मूल्य सार्वजनिक गरेदेखि नै विश्व बजार मूल्य भन्दा निकै महँगोमा खरिद गरेको भन्दै सुरु भएको आलोचना सामान नेपाल पुगेपछि पनि त्यसको गुणस्तरीयतामाथि नै प्रश्न उठेपछि स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल, कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलकै भूमिकामाथि प्रश्न उठेको हो। यससँगै प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूको सेटिङ रहेको खबर बाहिरिएसँगै थप आलोचना बनेको छ ।

प्रतिक्रिया दिनुहोस