कलैयामा ११३ घरलाई खाद्यान्य वितरण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कलैयामा ११३ घरलाई खाद्यान्य वितरण


२० चैत्र २०७६, बिहिबार


कलैया । कलैया उपमहानगरपालिका–४ मा बुधबार ११३ घरलाई खाद्यान्य वितरण गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणसँगै जिल्लामा भएको लकडाउनले मजदुरी गर्ने व्यक्ति, दलित र अति विपन्न वर्गलाई जीवनयापन गर्न अप्ठ्यारो भएकाले सात दिनका लागि वडामा रहेका ११३ घरलाई चामल, दाल, आलु, नुन र साबुन प्रदान गरिएको वडाध्यक्ष जटाशङ्कर सहनीले जानकारी दिए ।

राहत पाएसँगै वडाका ज्यालादारीमा काम गर्ने र अति विपन्न वर्गका व्यक्तिहरुले खुसी व्यक्त गरेका छन् । खाद्यान्य वितरण कार्यक्रममा वडा सदस्यहरु मन्तुनी देवी, चन्द्रकला कुमारी, स्थानीय युवाहरु वीरेन्द्र साह, अर्जुन ठाकुर, रमेश साह गोढ, लक्षुमनप्रसाद यादव र डा. सुशीलकुमार साहको सहभागिता रहेको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस