कर्मचारीको सुरक्षाका लागि स्वास्थ्य सामग्री हस्तान्तरण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारीको सुरक्षाका लागि स्वास्थ्य सामग्री हस्तान्तरण


प्रशासन संवाददाता

२० चैत्र २०७६, बिहिबार


पर्शुरामधाम । अमरगढी नगरपालिका डडेल्धुराले ब्लड बैंक डडेल्धुरालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालनमा ल्याएको ब्लड बैंकलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको हो ।

ब्लड बैंकमा रहने कर्मचारीको सुरक्षाका लागि आवश्यक हुने सामग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य सुरक्षाका सामग्रीमा एक थान पिपिई, केही एन ९५ मास्क र १० थान सर्जिकल मास्क अमरगढी नगरप्रमुख विशेश्वरप्रसाद ओझाले ब्लड बैंक प्रमुख गणेशबहादुर ऐरलाई हस्तान्तरण गरेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस